एकैदिन दुई आराेपी पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले दुई फरार आराेपीलाइ पक्राउ गरेकाे छ । प्रहरीले साेमबार बालयाैन दुरुपयोगका आराेपी लिखुतामाकाेसी ७ का शिक्षक मान बहादुर सार्की र जबरजस्ती करणीका आराेपी लिखुताकाेसि ५ का सुकमान तामाङलाई पक्राउ गरेकाे हाे ।
नवदर्शन माविमा अध्ययनरत बालिकालाई यहि मंसिर २६ गते दिउसोकाे समयमा ललाइफकाई गरि एकान्तमा लगि याैन दुरुपयोग गरेकाे आराेपमा साेही विद्यायमा अध्यापन गराउने शिक्षक सार्कीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम बहादुर पराजुलीले जानकारी दिए ।
जबर्जस्ती करणीकाे आराेपमा
त्यस्तै अर्का जबर्जस्ती करणीका फरार आराेपी लिखुतामाकाेसि गाउँपालिका ५ का ६९ वर्षिय सुकमान तामाङलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।
तामाङलाई आफ्नै बुहारी माथि मिति २०८० बैशाख ८ गते र असार २८ गते जबर्जस्ती गरेकाे आराेपमा पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । तामाङ जबर्जस्ती करणी पछि फरार भएका थिए । उनकाे खाेजतलास गर्ने क्रममा प्रहरीले साेमबार मन्थलीमा फेला पारि पक्राउ गरेकाे रामेछापका प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।
दुबै घटनामा पक्राउ परेका आराेपीलाई जिल्ला अदालतबाट म्याद थप गरि थुनामा राखि थप अनुसन्धान गरिने प्रहरी प्रमुख पराजुलीले बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस