नवजागरण साकाेसकाे अभ्यास अनुसरण गर्न ,समन्वय प्रमुख खड्काकाे आग्रह

रामेछाप – नवजागरण बचत तथा ऋण सहकारी संस्थाले गरिरहेका अभ्यास अन्य सहकारी संस्थालाई अनुसरण गर्न जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले आग्रह गरेकी छिन् । आइतबार नवजागरण साकाेसकाे ३५ ओैं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला कार्यक्रम बाेल्दै समन्वय प्रमुख खड्काले यस्ताे बताएकी हुन ।
कार्यक्रममा नवजागरण जिल्लाकै नमुना सहकारीको रुपमा स्थापित भएकाे र संस्थालाई बलियाे र विस्वासीलो बनाउनका लागि भएका पहलकदमीकाे प्रसंसा गर्दै प्रमुख खड्काले अन्य सहकारीलाई नवजारणकाे अभ्यासलाई अनुसरण गर्न आग्रह गरेकी हुन । कार्यक्रममा बाेल्दै उनले सहकारीलाई प्रश्न गर्ने ठाउँ नराखी पारदर्शी रुपमा काम गर्न समेत सुझाइन् ।

त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलले ,
सहकारीहरु समस्याग्रस्त भएका अवस्था छ , समस्या नभएकाे सहकारीमा पनि समस्या नअआउला भन्न नसकिने भन्दै समस्या आउन नदिनेगरि सजकता अपनाएर अगाडि बड्नुपर्ने बताए । त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले सहकारीकाे क्षेत्रमा नमुना सहकारीकाे रुपमा चिनाउन सक्ने सफलता प्राप्त हाेस भन्दै शुभकामना व्यक्त गरे । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाघरेले नवजागरणले कार्यक्रममा भएकाे आर्थिक पारदर्शिता र कार्यशैलीकाे प्रशंसा गरे ।
कार्यक्रम नवजागरण साकाेसका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको थियाे भने जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस