नवजागरण साकाेसकाे अभ्यास अनुसरण गर्न ,समन्वय प्रमुख खड्काकाे आग्रह
रामेछाप – नवजागरण बचत तथा ऋण सहकारी संस्थाले गरिरहेका अभ्यास अन्य सहकारी संस्थालाई अनुसरण गर्न जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले आग्रह गरेकी छिन् । आइतबार नवजागरण साकाेसकाे ३५ ओैं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला कार्यक्रम बाेल्दै समन्वय प्रमुख खड्काले यस्ताे बताएकी हुन ।
कार्यक्रममा नवजागरण जिल्लाकै नमुना सहकारीको रुपमा स्थापित भएकाे र संस्थालाई बलियाे र विस्वासीलो बनाउनका लागि भएका पहलकदमीकाे प्रसंसा गर्दै प्रमुख खड्काले अन्य सहकारीलाई नवजारणकाे अभ्यासलाई अनुसरण गर्न आग्रह गरेकी हुन । कार्यक्रममा बाेल्दै उनले सहकारीलाई प्रश्न गर्ने ठाउँ नराखी पारदर्शी रुपमा काम गर्न समेत सुझाइन् ।

त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलले ,
सहकारीहरु समस्याग्रस्त भएका अवस्था छ , समस्या नभएकाे सहकारीमा पनि समस्या नअआउला भन्न नसकिने भन्दै समस्या आउन नदिनेगरि सजकता अपनाएर अगाडि बड्नुपर्ने बताए । त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले सहकारीकाे क्षेत्रमा नमुना सहकारीकाे रुपमा चिनाउन सक्ने सफलता प्राप्त हाेस भन्दै शुभकामना व्यक्त गरे । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाघरेले नवजागरणले कार्यक्रममा भएकाे आर्थिक पारदर्शिता र कार्यशैलीकाे प्रशंसा गरे ।
कार्यक्रम नवजागरण साकाेसका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको थियाे भने जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस