• काेसिस न्यूज
  • नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने


    नेपालगन्ज- भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मंसिर २३ गते (डिसेम्वर ९ ) नेपालगन्जमा हुन लागेको भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको तयारी बैठक गरिएकोछ ।

    “भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं”भन्ने नाराका साथ आयोजना हुन हुन लागेको नेपालगन्ज वाकाथन तयारी मुल समितिका संयोजक रमेश सिटौलाको संयोजकत्वमा बसेकाे बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले कार्यक्रमको कार्यतालिका र विभिन्न उपसमिति गठन गरेको छ । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागितालाई उल्लेखनीय बनाउन तयारीलाई तिब्रता दिने समेत समितिले निर्णय गरेको छ ।

    कार्यक्रमको व्यवस्थापनका लागि गठन गरिएको विभिन्न उपसमितिहरुमा ब्यवस्थापन उपसमितिकाे संयोजकमा बासका कार्यकारी निर्देशक नमस्कार शाहलाई ,आर्थिक उपसमिति संयोजकमा कल्पना अधिकारी, सुरक्षा, समन्वय तथा समारोह ब्यवस्थापन उपसमिति संयोजकमा अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाह र सास्कृतीक उपसमिति संयोजकमा दिला शाहलाई जिम्मेवारी तोकिएको छ ।
    त्यस्तै कार्यक्रमको प्रचार प्रसार उपसमितिकाे जिम्मेवारी बासका निर्देशक हेमराज भट्टलाई प्रदान गरिएकोे छ भने स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा तपेन्द्र बहादुर मलाती (अवशेष) र सचिवालय उपसमिति संयोजकको जिम्मेवारी सुमन धिमाललाई प्रदान गरिएको छ ।

    बैठकले वाकाथनको रुट फाईनल गरेको छ । नेपालगन्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुदै धम्बोझि चौकमा गएर समापन हुने कार्यतालिका रहेकोछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रदर्शन , पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुनेछन् ।

    कार्यक्रममा स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरु सहभागी हुन सक्नेछन् भने कार्यक्रममा सहभागी हुनका लागि आयाेजकले कार्यक्रमलाई ब्यवस्थित बनाउन अग्रीम नाम बुकिंग गर्नुपर्ने व्यवस्था गरेकाेछ ।

    तेस्रो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरुमा भन्दा यश वर्ष नागरिकहरुको सहभागिता बढ्ने अपेक्षा राखेकाे छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघकाे महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघिय महासन्धि पारित भएको थियो ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस