काभ्रेमा भएकाे सवारी दुर्घटना परि मन्थलीकाे एक महिलाको मृत्यु , ८ जना घाइते

काभ्रे- काभ्रेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परि मन्थली नगरपालिका १२ की एक महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बुधबार बिहान काभ्रे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो ।
मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रमम इलेक्ट्रिक गाडी सोही स्थानको सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार ३ जना र मोटरसाइकलमा सवार २ जना गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा घाइते ५ जनालाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको छ । घाइतेमध्ये गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा १२ की २० वर्षीया रमिला बुढाथोकीकाे उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७:३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटना परि घाइते हुनेहरुमा रामेछापको मन्थली नगरपालिका वडा १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा ६ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार ,रामेछाप मन्थली २ बस्ने अन्दाजी ३० बर्षीया ज्ञानु ढुंगेल, मन्थली १ बस्ने बर्ष १८ को रकिट ढुंगेल , लिखुतामाकोसी ६ बस्ने बर्ष ३८ को अनिल आलेमगरको , सिन्धुली जिल्ला सुनकोसी ३ बस्ने बर्ष ३१ की उर्मीला घिमिरे घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
इलेक्ट्रिक गाडीका सवारी चालक पनौती नगरपालिका वडा नं ५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस