काभ्रेमा भएकाे सवारी दुर्घटना परि मन्थलीकाे एक महिलाको मृत्यु , ८ जना घाइते
काभ्रे- काभ्रेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परि मन्थली नगरपालिका १२ की एक महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बुधबार बिहान काभ्रे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो ।
मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रमम इलेक्ट्रिक गाडी सोही स्थानको सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार ३ जना र मोटरसाइकलमा सवार २ जना गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा घाइते ५ जनालाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको छ । घाइतेमध्ये गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा १२ की २० वर्षीया रमिला बुढाथोकीकाे उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७:३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटना परि घाइते हुनेहरुमा रामेछापको मन्थली नगरपालिका वडा १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा ६ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार ,रामेछाप मन्थली २ बस्ने अन्दाजी ३० बर्षीया ज्ञानु ढुंगेल, मन्थली १ बस्ने बर्ष १८ को रकिट ढुंगेल , लिखुतामाकोसी ६ बस्ने बर्ष ३८ को अनिल आलेमगरको , सिन्धुली जिल्ला सुनकोसी ३ बस्ने बर्ष ३१ की उर्मीला घिमिरे घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
इलेक्ट्रिक गाडीका सवारी चालक पनौती नगरपालिका वडा नं ५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस