प्रहरी दिवसमा श्रद्धाञ्जली सभा

रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले ६८ ओै प्रहरी दिवसकाे अवसरमा श्रद्धाञ्जली सभाकाे आयाेजना गरेकाे छ। मंगलबार प्रहरी दिवसका अवसरमा उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा कार्यक्रमकाे अतिथि प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले शान्तिसुरक्षा तथा सुशासनमा नेपाल प्रहरी महत्त्वपूर्ण भुमिका रहेकाे बताएकी छिन् । प्रहरी सेवामा लागेर दिवंगत भएका अमर प्रहरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण प्रहरी सेवामा रहेकाहरुलाई राष्ट्रलाई प्राथमिकतामा राखेर कुनैपनि परिस्थितिमा विचलित नभई सेवा प्रवाहमा लाग्न प्रेरणा मिलाेस भन्दै शुभकामना व्यक्त गरिन् ।

यसैगरी कार्यक्रममा अमर प्रहरीका परिवारलाई दाेसल्लाद्वारा सम्मान गरिएको छ । त्यस्तै “समुदायमा नेपाल प्रहरीकाे भुमिका ” बिषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट भएकाहरू पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएकाे छ ।
त्यस्तै कार्यक्रमकाे अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापकाे मातहतमा कार्यरत कर्तव्यनियष्ठ एंव लगनशील प्रहरी कर्मचारीहरु प्रहरी निरक्षक रञ्जन कुमार गिरि सहित १४ जनालाई पुरस्कार तथा प्रसंशापत्र प्रदान गरिएकाे छ ।

त्यस्तै प्रहरी दिवसको अवसरमा आयाेजित विभिन्न अतिरिक्त खेलमा सहभागी प्रहरीहरूलाइ पुरस्कार वितरण गरिएकाे छ ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख हाेम बहादुर पराजुलीकाे अध्यक्षतामा भएको थियाे । उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे प्रमुख आतिथ्यमा भएकाे थियाे । साे कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, प्रहरी कर्मचारी , विभिन्न संघसंस्था तथा कार्यलयका प्रमुखहरु, नागरिक समाजका अगुवा , प्रत्रकार ,पुर्व प्रहरी ,अमर प्रहरी परिवार लगाएतकाे सहभागीता रहेकाे थियाे ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस