गाैरीशंखर गाउँपालिका उपाध्यक्ष तामाङकाे निधन

दोलखा- गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । आइतबार तामाङको हृदयाघातका कारण मृत्युु भएकाे हाे ।
गौरीशंकर गाउँपालिका– ६ चंखुका स्थायी बासिन्दा तामाङको ५३ वर्षको उमेरमा गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबू सिवाकोटीले जानकारी दिए ।
तामाङलाई २ दिनअघि पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि गंगालालमा लगिएको थियो । उपचारकै क्रममा तामाङकाे हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा तामाङ सत्ता गठबन्धनका तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस दोलखाका नेता थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस