प्राङ्गारीक खेति सम्बन्धी किसानलाई तालिम

रामेछाप – कृषि ज्ञान केन्द्र रामेछापले प्राङ्गारीक खेति सम्बन्धि किसान र हाेमस्टे संचालकलाई तालिम प्रदान गरेकाे छ । प्रांङ्गारिक खेति अन्तर्गत प्राङ्गारीक उत्पादन सम्बन्धि किसानलाई ३ दिने तालिम दिइएकाे हाे ।
तालिममा रामेछाप र दाेलखा जिल्लामा कृषि पेशा गरिरहेका किसान र हाेमस्टे संचालक गरि २२ जना सहभागी रहेका थिए । तालिममा जैविक मल बनाउने तरिका , प्रयाेग विधि,प्रयाेगकाे फाइदा र जैविक उत्पादन परिक्षण लगाएतकाे विषयमा प्रशिक्षण दिइएकाे थियाे ।
प्राङ्गारिङ कृषि अन्तर्गत ज्ञान केन्द्रले माटाेकाे उर्वरा शक्ति कायम राख्न, विसादी प्रयाेगबाट उत्पादन भएका खाद्यान्नबाट मानव स्वास्थ्यमा पर्ने असर न्युनिकरण गर्नुका साथै प्रारङ्गारिङ खेति गर्न किसानलाइ उत्प्रेरित गर्ने हेतुले उक्त तालिम संचालन गरिएकाे कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताइन् ।
त्यसैगरी तालिमका सहभागिहरुलाइ प्राङ्गारीक मल तथा झाेल मल उत्पादन गर्नका लागि ई- एम झाेल १ लिटर र ५० लिटरकाे प्लास्टिक ड्रम समेत उपलब्ध गराएकाे ज्ञान केन्द्रकी प्रमुख गुरुङले बताइन् ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस