तामाकोसी नदि किनारमा एक पुरुषकाे शव फेला

रामेछाप – मन्थली नगरपालिका वडा नम्बर ७ स्थित ढिकुरी मन्दिर नजिकै तामाकोसी नदि किनारमा एक पुरुषकाे शव फेला परेकाे छ । बिहीबार विहान ६ बजेकाे समयमा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काेसि किनारमा तैरिरहेकाे अवस्थामा फेला परेकाे शव दाेलखा जिल्लाकाे मेलुङ् गाउपालिका ७ जाेगी गाँउकाे अन्दाजी ५६ वर्षका जय बहादुर जाेगी रहेकाे मृतकका छाेरा ललित बहादुर जाेगीले बताएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम बहादुर पराजुलीले जानकारी दिएका छन् ।
शव फेला परेपछि प्रहरीले खाेजतलास गर्दा उक्त शव असार २ गते बिहानदेखि हराइरहेका जाेगीकाे रहेकाे खुल्न आएकाे प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस