तामाकोसी नदि किनारमा एक पुरुषकाे शव फेला
रामेछाप – मन्थली नगरपालिका वडा नम्बर ७ स्थित ढिकुरी मन्दिर नजिकै तामाकोसी नदि किनारमा एक पुरुषकाे शव फेला परेकाे छ । बिहीबार विहान ६ बजेकाे समयमा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काेसि किनारमा तैरिरहेकाे अवस्थामा फेला परेकाे शव दाेलखा जिल्लाकाे मेलुङ् गाउपालिका ७ जाेगी गाँउकाे अन्दाजी ५६ वर्षका जय बहादुर जाेगी रहेकाे मृतकका छाेरा ललित बहादुर जाेगीले बताएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम बहादुर पराजुलीले जानकारी दिएका छन् ।
शव फेला परेपछि प्रहरीले खाेजतलास गर्दा उक्त शव असार २ गते बिहानदेखि हराइरहेका जाेगीकाे रहेकाे खुल्न आएकाे प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस