पुराना फाइलहरु व्यवस्थित गर्दै जिप्रका रामेछाप
रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछाप यतिबेला कार्यालयमा भएकाे पुराना फाइलहरु व्यवस्थित गर्ने कार्यमा जुटेकाे छ ।
कार्यालयमा वर्षाैदेखि थन्काइएका नागरिककाे पुराना विवरण भएकाे फाइलहरु व्यवस्थित गरेर अभिलेखिकरण गर्नका लागि केही दिनदेखि रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे नेतृत्वमा कर्मचारीहरु लागि परेका छन् ।

कार्यालयमा वर्षाै पुराना कागजात कपडामा पाेकाे पारेर राखिएकाे र चिसाे तथा धमिराका कारण विवरण नष्ट हुन लागेकाले उक्त कागजातलाई सुरक्षीत र व्यवस्थित गर्नका लागि फाइल व्यवस्थापन काम सुरु गरेकाे प्रजिअ निराैलाले बताइन् । कागजातलाई सुरक्षीत साथ इन्डेक्स फाइलमा र्याकमा राखिने भएकाले अभिलेखिकरण व्यवस्थित हुने बताइन् । यसरी राखिएकाे विवरण सुरक्षीत हुने ,खाेजेकाे समयमा भेटाउन सकिने , खाेज्न समय नलाग्ने भएकाले कर्मचारी र सेवाग्राही दुवैकाे समयकाे समेत वचत हुने उनले बताइन् ।

यसरी कागजात व्यवस्थित र सुरक्षीत गर्नका लागि कार्यालयका सम्पुर्ण कर्मचारीहरु लागि परेकाे छन् । उक्त कार्यका लागि कार्यालयका सम्पुर्ण कर्मचारी रहेक दिन बिहान ६ बजेदेखि ९:३० बजेसम्म र शनिबार बिहान ६ बजेदेखि दिउसाे १ बजे सम्म खटिरहेकाे छन् । यसरी अभिलेखिकरण गर्नका लागि अझै २ हप्ता भन्दा बढी समय लाग्न सक्ने प्रजिअ निराैलाले बताइन् ।

यसरी अभिलेखिकरण भएपछि कुनैपनि नागरिकको अभिलेख नभेटेर दु:ख पाउनु नपर्ने ,नयाँ कर्मचारीलाई पनि काम गर्न सजिलाे हुने भएकाले प्रजिअकाे अभिलेखिकरण गर्ने कार्यले खुसि लागेकाे प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुकाे भनाई छ ।
त्यसैगरि नागरिकसँग प्रत्यक्ष रुपमा सराेकार राख्ने कार्यालय जिल्ला प्रशासन कार्यालयले अभिलेखिकरणलाई व्यवस्थित गरेकाे कुरा सुनेर आफ्नाे विवरण सुरक्षीत हुने भएकाे भन्दै अनिता थापाले खुसि व्यक्त गरिन ।
यसअघि अभिलेखिकरण व्यवस्थित नहुदा आवस्यक परेका बेलामा नागरिककाे विवरण पत्ता लगाउन नसिकिने ,खाेज्न समय लाग्ने र खाेज्न झन्झटिलाे भएकाले कर्मचारीले सास्ती बेहाेर्नु परेकाे थियाे भने सेवाग्राहीले कम विस्वास गर्ने समस्या झेल्दै आएकाे प्रशासनले अब भने पुराना फाइलहरु व्यवस्थित गरेर विवरण सुरक्षीत राख्ने र सेवा प्रवाह चुस्त राख्ने प्रयास जिल्ला प्रशासन कार्यालय रामेछापले गरेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस