पुराना फाइलहरु व्यवस्थित गर्दै जिप्रका रामेछाप

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछाप यतिबेला कार्यालयमा भएकाे पुराना फाइलहरु व्यवस्थित गर्ने कार्यमा जुटेकाे छ ।
कार्यालयमा वर्षाैदेखि थन्काइएका नागरिककाे पुराना विवरण भएकाे फाइलहरु व्यवस्थित गरेर अभिलेखिकरण गर्नका लागि केही दिनदेखि रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे नेतृत्वमा कर्मचारीहरु लागि परेका छन् ।

कार्यालयमा वर्षाै पुराना कागजात कपडामा पाेकाे पारेर राखिएकाे र चिसाे तथा धमिराका कारण विवरण नष्ट हुन लागेकाले उक्त कागजातलाई सुरक्षीत र व्यवस्थित गर्नका लागि फाइल व्यवस्थापन काम सुरु गरेकाे प्रजिअ निराैलाले बताइन् । कागजातलाई सुरक्षीत साथ इन्डेक्स फाइलमा र्याकमा राखिने भएकाले अभिलेखिकरण व्यवस्थित हुने बताइन् । यसरी राखिएकाे विवरण सुरक्षीत हुने ,खाेजेकाे समयमा भेटाउन सकिने , खाेज्न समय नलाग्ने भएकाले कर्मचारी र सेवाग्राही दुवैकाे समयकाे समेत वचत हुने उनले बताइन् ।

यसरी कागजात व्यवस्थित र सुरक्षीत गर्नका लागि कार्यालयका सम्पुर्ण कर्मचारीहरु लागि परेकाे छन् । उक्त कार्यका लागि कार्यालयका सम्पुर्ण कर्मचारी रहेक दिन बिहान ६ बजेदेखि ९:३० बजेसम्म र शनिबार बिहान ६ बजेदेखि दिउसाे १ बजे सम्म खटिरहेकाे छन् । यसरी अभिलेखिकरण गर्नका लागि अझै २ हप्ता भन्दा बढी समय लाग्न सक्ने प्रजिअ निराैलाले बताइन् ।

यसरी अभिलेखिकरण भएपछि कुनैपनि नागरिकको अभिलेख नभेटेर दु:ख पाउनु नपर्ने ,नयाँ कर्मचारीलाई पनि काम गर्न सजिलाे हुने भएकाले प्रजिअकाे अभिलेखिकरण गर्ने कार्यले खुसि लागेकाे प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुकाे भनाई छ ।
त्यसैगरि नागरिकसँग प्रत्यक्ष रुपमा सराेकार राख्ने कार्यालय जिल्ला प्रशासन कार्यालयले अभिलेखिकरणलाई व्यवस्थित गरेकाे कुरा सुनेर आफ्नाे विवरण सुरक्षीत हुने भएकाे भन्दै अनिता थापाले खुसि व्यक्त गरिन ।
यसअघि अभिलेखिकरण व्यवस्थित नहुदा आवस्यक परेका बेलामा नागरिककाे विवरण पत्ता लगाउन नसिकिने ,खाेज्न समय लाग्ने र खाेज्न झन्झटिलाे भएकाले कर्मचारीले सास्ती बेहाेर्नु परेकाे थियाे भने सेवाग्राहीले कम विस्वास गर्ने समस्या झेल्दै आएकाे प्रशासनले अब भने पुराना फाइलहरु व्यवस्थित गरेर विवरण सुरक्षीत राख्ने र सेवा प्रवाह चुस्त राख्ने प्रयास जिल्ला प्रशासन कार्यालय रामेछापले गरेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस