जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १२ बर्षपछि पक्राउ
झापा – जिल्ला प्रहरी कार्यालय झापाले १२ बर्ष देखि जबर्जस्ती करणी मुद्दाकाे फरार अभियुक्तलाई पक्राउ गरेकाे छ । प्रहरीले उक्त अभियुक्तलाई बिहीबार पक्राउ गरेकाे हाे ।
झापा जिल्ला दमक ३ का ३६ वर्षीय नगेन राई १२ वर्षदेखि फरार रहेका थिए । अभियुक्त राइलाई प्रहरीले पक्राउ गरि शुक्रबार काराघार कार्यालय झापा पठाएकाे जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् ।
जिल्ला अदालत झापाकाे मिति २०६७ फागुन १७ गतेकाे फैसला अनुसार जबर्जस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त राईलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले टाेलीले बिहिवार प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी रिजालले जानकारी दिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस