रामेछापकाे कारागारमा एक कैदी बन्दीको मृत्यु
रामेछाप – रामेछापको कारागारमा एक कैदबन्दीकाे निधन भएकाे छ । शुक्रबार कारागारमा लिखु तामाकोशी गाउँपालिका-५ का ५२ बर्षिय बिरे दमाई भन्ने बिरे दर्जीको मृत्यु भएको हो ।
कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि कारागारमा रहेका
दर्जिकाे उपचारको क्रममा मृत्युु भएकाे कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिएकाछन् । प्रमुख तामाङका अनुसार शुक्रबार दर्जिलाइ अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे ।
मृतक दर्जीलाई कर्तव्य ज्यान मुद्धामा रामेछाप जिल्ला अदालतले २०७९ फागुन ४ गते पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएकाे थियाे । दर्जि १ महिना १९ दिन देखि कैदी जीवन बिताइरहेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस