रामेछापकाे कारागारमा एक कैदी बन्दीको मृत्यु

रामेछाप – रामेछापको कारागारमा एक कैदबन्दीकाे निधन भएकाे छ । शुक्रबार कारागारमा लिखु तामाकोशी गाउँपालिका-५ का ५२ बर्षिय बिरे दमाई भन्ने बिरे दर्जीको मृत्यु भएको हो ।
कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि कारागारमा रहेका
दर्जिकाे उपचारको क्रममा मृत्युु भएकाे कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिएकाछन् । प्रमुख तामाङका अनुसार शुक्रबार दर्जिलाइ अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे ।
मृतक दर्जीलाई कर्तव्य ज्यान मुद्धामा रामेछाप जिल्ला अदालतले २०७९ फागुन ४ गते पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएकाे थियाे । दर्जि १ महिना १९ दिन देखि कैदी जीवन बिताइरहेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस