सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु २४ जना घाइते

रामेछाप – सिन्धुलीको फिक्कलमा बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु भएकाे छ भने २४ जना घाइते भएका छन् । आइतबार बिहान ओखलढुंगाबाट काठमाडौ जाँदै गरेकाे बा २ (ख) ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका ४ कुइभिर डाँडामा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परि मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरि दुर्घटनामा परि २४ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर रहेकाे प्रहरीले जनाएको छ । घाइतहरुको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकि रहेकाे प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस