घिमिरेले लिए उम्मेदवारी फिर्ता :थापामगरलाइ सहयोग गर्ने

रामेछाप – उद्योग बाणिज्य संघ रामेछापको फागुन २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका केशब घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । घिमिरेले अर्का अध्यक्षकाे उम्मेदवार नवीन थापामगरलाई सहयाेग गर्ने बताउदै आइतबार उम्मेदवारी फिर्ता लिएका हुन ।
संघका वर्तमान अध्यक्ष समेत रहेका घिमिरेले सहमतिको प्रयास गर्दा गर्दै सहमति जुट्न नसकेपछि उम्मेदवारी दिएकाे हाे, उनले भने मलाई अध्यक्ष हुने रहर छैन । त्यसैले उम्मेदवारी फिर्ता लिए । घिमिरेले भने संघकाे निर्वाचनमा दुई समुहबिच प्रतिस्पर्धा हुने भएकाे छ , म चाहिँ अध्यक्ष थापामगरकाे समुहलाई सहयाेग गर्छु ।
व्यवसायमा स्वच्छ प्रतिस्पर्धा, व्यवसायीकाे हित र व्यवस्थित बजारीकरण गर्न थापामगरकाे समुह निर्वाचित हुन आवस्यक रहेकाे भन्दै घिमिरेले थापामगरकाे नेतृत्वमा संयुक्त व्यवसायीहरुकाे समूहलाइ निर्वाचित गराउन सबैलाई आग्रह समेत गरे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस