घिमिरेले लिए उम्मेदवारी फिर्ता :थापामगरलाइ सहयोग गर्ने
रामेछाप – उद्योग बाणिज्य संघ रामेछापको फागुन २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका केशब घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । घिमिरेले अर्का अध्यक्षकाे उम्मेदवार नवीन थापामगरलाई सहयाेग गर्ने बताउदै आइतबार उम्मेदवारी फिर्ता लिएका हुन ।
संघका वर्तमान अध्यक्ष समेत रहेका घिमिरेले सहमतिको प्रयास गर्दा गर्दै सहमति जुट्न नसकेपछि उम्मेदवारी दिएकाे हाे, उनले भने मलाई अध्यक्ष हुने रहर छैन । त्यसैले उम्मेदवारी फिर्ता लिए । घिमिरेले भने संघकाे निर्वाचनमा दुई समुहबिच प्रतिस्पर्धा हुने भएकाे छ , म चाहिँ अध्यक्ष थापामगरकाे समुहलाई सहयाेग गर्छु ।
व्यवसायमा स्वच्छ प्रतिस्पर्धा, व्यवसायीकाे हित र व्यवस्थित बजारीकरण गर्न थापामगरकाे समुह निर्वाचित हुन आवस्यक रहेकाे भन्दै घिमिरेले थापामगरकाे नेतृत्वमा संयुक्त व्यवसायीहरुकाे समूहलाइ निर्वाचित गराउन सबैलाई आग्रह समेत गरे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस