लक्षित वर्गसँग प्रहरीको अन्तरक्रिया

रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले विषयमा लक्षित वर्गसँग अन्तरक्रिया कार्यक्रम गरेकाे छ । शुक्रबार महिला बालबालिका तथा जेष्ठ नागरिकहरुसँग प्रहरीले अन्तरक्रिया गरेकाे हाे ।
प्रहरीकाे सेवा प्रवाह, कानुन कार्यन्यवनकाे अवस्था तथा ऐन संशोधनका लागि आवस्यक सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले बताए ।
छलफलमा जेष्ठ नागरिकहरुले पाउने सुविधा सार्वजनिक सेवा प्रदायक संस्था ,अस्पताल ,यातायात लगाएले कार्यन्यवन गर्ने नगरेकाे र जेष्ठ नागरिकहरु अधिकारबाट बन्चित भएकाे पाइएकाे जेष्ठ नागरिक संघका अध्यक्ष नारायणदास श्रेष्ठले गुनासाे व्यक्त गरे ।
त्यसैगरि कार्यक्रममा बैदेशिक राेजगारीका कारण पनि पारिवारिक बेमेल, सम्बन्धमा फाटाे ल्याउने गरेकाे र हिंसाकाे घटना बढेकाे सहभागीहरले बताए ।
त्यस्तै विद्यालय क्षेत्रभित्र नै विद्यार्थीहरु मध्येपान ,धुम्रपान र कुलतमा फस्ने गरेकाे पाइएकाले तेता तिर पनि निगरानी बढाउनु पर्ने सहभागीहरुले बताए ।
त्यसैगरि प्रहरी मेराे साथि भन्ने कार्यक्रम र सचेतना मुलक कार्यक्रमलाई गर्नु पर्ने सुझाव दिएका थिए । त्यस्तै वैदेशिक राेजगारीमा गएका परिवारलाई मनाेपरामर्श तथा सभ्य समाज निर्माणका लागि मध्यपान ,धुब्रपान ,लागओैषध तथा कुलतबाट वचन बालबालिकालाई अभिमुखिकरण अभियान संचालन गर्नुपर्ने सुझाव राखेका थिए ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस