फोनिजको साधारण सभा सम्पन्न

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापको ११ औं साधारण सभा बिहिबार मन्थलीमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाको प्रतिनिधिसभाका सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै तामाङले जिल्लामा कृयाशिल पत्रकारहरुले समाजका हरेक गतिविधिका बारेमा समाचार संप्रेषण गर्नुपर्ने वताए । जिल्ला वनाउने हामी सवैले हो यस्को र उस्को भनेर हामी नबसौं तामाङले त्यसका लागि केन्द्रीय सरकार र अन्य साझेदार संग विकास ल्याउने माग्ने काम आफुले गर्ने वताए । म नेपाली काँग्रेसबाट निर्वाचित भएपनि अरु दलको मागलाई पनि संवोधन गरी विकास गर्ने सोच लिएर अघी बढेको छु तामाङले भने रामेछाप वनाउनका लागि अव सवै जुट्नु परेको छ ।
कार्यक्रममा बागमति प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठले राज्यका चौथो अङ्गको रुपमा रहेको पत्रकारीता क्षेत्रले समाज विकासका लागि र मुलुकको राजनीतिक परिवर्तनका लागि उल्लेख्य काम गरेको वताउदै पत्रकारहरुले व्यवसायीकतामा जोड दिनु पर्ने वताए । उनले समाजमा अझै धेरै विकृति विसंगति , अभाव र कुरिती रहेको उल्लेख गर्दै त्यसलाई खोतल्नका लागि पत्रकारको सक्रियताको आवश्यकता रहेको वताए ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पत्रकारहरुको विकासका लागि स्थानीय सरकारले सकेको र विधिले हुने कुरा सहयोग गर्ने वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, फोनिजका बागमति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाली काँग्रेसका उप सभापति लेखवहादुर कार्की, नेकपा एमालेका उप सचिव प्रकाश कार्की लगाएतले व्यवसायीक पत्रकारहरुले समाज विकासका लागि पु¥याउनु पर्ने योगदानको बारेमा आ -आफ्ना धारणा राखेका थिए । कार्यक्रममा पत्रकारहरुका विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत धारणा राखेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस