७१ बर्षिया वृद्धाको शंकास्पद मृत्यू , प्रहरीले अनुसन्धान थाल्यो

रामेछाप । रामेछापको गोकुलगंगा ४ बेतालीकी ७१ बर्षिया वृद्धा पद्यम कुमारी खड्काको शनिबार राति भएको मृत्यू शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।
घरमा एक्लै वस्दै आएकी खड्काको आईतबार विहान अगेना नजिक जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
शनिबार घरको भुईतलामा रहेको अंगेना नजिक सुतेकी खड्का आईतबार विहान अवेर सम्म घर बाहिर नकिस्के पछि छिमेकीले ढोकाबाट चियाउदा उनीलाई जलेको अवस्थामा देखेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीका अनुसार खड्का घरमा एक्लै वस्दै आएकी थिईन । दिउंसो ३ वजे बारीमा काम गरीरहेको र सांझ तिर वरण्डामा देखिएकी खड्का विहान अवेर सम्म घर बाहिर ननिस्कीएपछि छिमेकीले खोजि गरेका थिए ।
घटनास्थलमा पुगेर आईतबार सांझ मन्थली फर्कदै गरेका पराजुलीले खड्काको शव आधा भन्दा बढी जलेको अवस्थामा फेला परेको वताए । ‘एउटा खुट्टा बाहेक शरिरको अधिकांश भाग जलेको छ । गुन्द्री र ओड्ने पनि जलेको अवस्थामा छन्’ पराजुलीले भने – घटना शंकास्पद भएकाले अनुसन्धान थालेका छौं । उनले वृद्धाको आफन्तले जाहेरी ल्याएपछि थप अनुसन्धान गर्ने वताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस