टर्की र सिरियामा भूकम्पबाट ११ हजारको मृत्यू

अकंरा । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । भुकम्पमा परि ४० हजार भन्दा धेरै घाईते भएका छन् ।
दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले आज साँझ सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको बुधबार भ्रमण गरेका छन् । टर्कीमा भूकम्पमा परी आठ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ । ु
यसैगरी टर्कीको दक्षिण सिमा जोडिएको सिरियामा कम्तीमा एक हजार २ सय ५० जनाको मृत्यु भएको छ । भुकम्पबाट दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २ सय ८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६सय भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । सोहि स्थानलाई केन्द्रविन्दु वनाएर गएको थियो । उक्त विनासकारी भूकम्प पछि टर्की र सिरीयामा सयौं पराकम्प गइरहेका छन् ।
टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्यांग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् । पानी र हिउँको पर्वाह नगरी उद्धारकर्मीहरुले खोज कार्यलाई जारी राखेका छन् । उनिहरुले अझै पनि केहि जिवीत भेटिने आशा राख्दै ठुल्ठुला भवनका भग्नावशेसहरुमा खोजि केन्द्रीत गरेका छन् । उद्धारका लागि दुवै देशका सरकारका अतिरीक्त अन्य विदेशी राष्ट्रले समेत खोज तथा उद्धार टोलीका अतिरीक्त राहत सामाग्री र खाद्यान्न लिएर टर्की र सिरीया पुग्ने क्रम जारी राखेका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस