आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
काठमाडौ – संघीय संसद् भवन अगाडि बानेश्वरमा मंगलबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
आत्मदहकाे प्रयास गरेका आचार्यकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका घर भएका ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । प्रहरीले आचार्यलाई उद्दार गरेर अस्पताल पुर्याएको थियो।
आचार्यकाे शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । आत्मदाह गर्नुअघि आचार्यले आफुले सबै उपाय लगाउँदा पनि केही उपलब्धि नभएपछि आफ्नाे भाेगाइ सहित सरकारलाई सुझाव दिदै लामो स्टाटस लेखेका थिए।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस