आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु

काठमाडौ – संघीय संसद् भवन अगाडि बानेश्वरमा मंगलबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

आत्मदहकाे प्रयास गरेका आचार्यकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका घर भएका ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । प्रहरीले आचार्यलाई उद्दार गरेर अस्पताल पुर्याएको थियो।
आचार्यकाे शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । आत्मदाह गर्नुअघि आचार्यले आफुले सबै उपाय लगाउँदा पनि केही उपलब्धि नभएपछि आफ्नाे भाेगाइ सहित सरकारलाई सुझाव दिदै लामो स्टाटस लेखेका थिए।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस