साेमबार शाेक विदा
काठमाडौ – पोखरामा भएको विमान दुर्घटना प्रति दुःख प्रकट गर्दै सरकारले सोमबार राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ।
विमान दुर्घटना भएपछि आज दिउसाे अचानक बसेकाे मन्त्रिपरिषदको बैठकले साेमबार शाेक विदा दिने निर्णय गरेकाे हाे । आजै गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
आइतबार विहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि ४ जना चालक दल सहित ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनाप्रति दुख व्यक्त गर्दै गृहमन्त्रालयले विज्ञप्ति मार्फत देशभर अत्यावश्यक सेवाबाहेक शोक बिदा दिने तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख गरेको छ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस