साेमबार शाेक विदा

काठमाडौ – पोखरामा भएको विमान दुर्घटना प्रति दुःख प्रकट गर्दै सरकारले सोमबार राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ।
विमान दुर्घटना भएपछि आज दिउसाे अचानक बसेकाे मन्त्रिपरिषदको बैठकले साेमबार शाेक विदा दिने निर्णय गरेकाे हाे । आजै गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
आइतबार विहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि ४ जना चालक दल सहित ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनाप्रति दुख व्यक्त गर्दै गृहमन्त्रालयले विज्ञप्ति मार्फत देशभर अत्यावश्यक सेवाबाहेक शोक बिदा दिने तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख गरेको छ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ कांग्रेस नेतृ पाण्डेको निधन , कांग्रेसले ३ दिन शाेक मनाउने
- २ लिखु २ को सुरुङमा पानी वन्द गर्न निर्देशन
- ३ सहकारी समस्या समाधानकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र
- ४ रेशम चौधरीलाइ आममाफी दिन राष्ट्रपतिलाइ सिफारिस
- ५ मानवअधिकारकर्मी पहाडी सहित १७ जना पक्राउ
- ६ कांग्रेस सकिएको छैन, कमजाेर मात्र भएकाे हाे : कांग्रेस नेता केसि
- ७ माछा हैन, लेउ आउछ जालमा
- ८ पूर्वाधार तयार नहुदा माग धान्न सकिएन : राणा
प्रतिक्रिया दिनुहोस