मन्थली नगरपालिकाले स्थानापतिको गुरुयोजना वनाउने

रामेछाप । मन्थली नगरपालिकाले नगर कार्यपालिकाको बैठक वडा नम्बर ९ मा रहेको प्रशिद्ध स्थानापति मन्दिर परिसरमा आयोजना गरेको छ ।
शुक्रबार नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा स्थानापतिमा बसेको चालु आर्थिक बर्षको छठौं बैठकले स्थानापति मन्दिर क्षेत्रको गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको प्रसिद्ध धार्मिक र पर्यटकिय स्थानको रुपमा रहेको स्थानापति क्षेत्रलाई व्यवस्थित गर्ने र मन्दिर गुम्बा लगाएतका पूर्वाधारको विकास गरी नगरकै आकर्षक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले गुरु योजना नै निर्माण गरी वृहत कार्यक्रम संचालन गर्ने सोच नगरपालिकाले राखेको छ ।
अघिल्लो बैठकमा स्थापनापति मन्दिर क्षेत्रको विकास लागि गुरु योजना निर्माण गर्ने कुरा उठेकोले कार्यपालिकाका सवै सदस्यहरुलाई स्थान विशेषको जानकारी साथै आवश्यकता र औचित्यताको अनुभुति समेतका लागि स्थानापतिमानै बैठक संचालन गरेको नगर प्रमुख लब श्रेष्ठले वताए ।
जे माग्यो त्यहि बर पाईने विश्वास रहेको स्थानापति मन्दिर मन्थली नगरपालिकाको ९ नम्बर वडामा रहेको छ । यस अघी नगरपालिकाले बाङ्गेसल्ला देखि मन्दिर सम्म आकर्षण सिंढि निर्माण गरी पैदल यात्री लाई मन्दिर सम्मको आवागमनमा सुविधा उपलव्ध गराएको थियो । नगरले निर्माण गरेको उक्त सिंढि जिल्लाकै नमुनाको रुपमा रहेको छ ।
स्थानापति मन्दिर बैरा महादेवको नामले समेत चिनिन्छ । शिवरात्रि, बालाचतुदर्शि, तिज लगाएतका पर्वमा मन्दिरमा मेला लाग्ने गर्दछ । सिन्धुली, दोलखा र रामेछापका विभिन्न भागका दर्शनार्थिहरु मन्दिरमा पुजाआराधानको लागि आउने गरेका छन् ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस