मन्थली बचतको २५ औं बार्षिक साधारण सभा सम्पन्न
निजुका खड्का ।
रामेछाप । रामेछाप जिल्लाको सवैभन्दा धेरै सदस्य र पूँजि रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले शनिबार २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभाको समापन समारोहको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले उद्घाटन गरेका थिए । न्यौपानेले सानो पूँजि संकलन बाट सुरु भएको सहकारीको आन्दोलनले रामेछाप जिल्लाका नागरिकलाई वचत गर्ने बानी बसाएको मात्र नभै आर्थिक हिसावले सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको वताए । उनले सरकारले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता सहकारी मार्फत सर्वसाधारणको घर दैलोमानै पुग्ने गरी वितरणको व्यवस्थाका लागि पहल भइरहेको समेत वताए ।
संस्थाका सचिव हिमाल ढुंगेलले सहकारीले गत बर्ष संचालन गरेका क्रियाकलापका अतिरीक्त आर्थिक बर्ष २०७९÷०८० मा संचालन गरिने कार्यक्रमको प्रतिवेदन बार्षिक साधारण सभामा प्रश्तुत गरेका थिए । उक्त प्रतिवेदनमा जिल्लाका सवै पालिकामा कार्यक्षेत्र विस्तार गर्ने, ६ हजार नयाँ सदस्य थप गर्ने, कठजोर र भटौलीमा सेवा केन्द संचालनमा ल्याउने, स्वास्थ्य शिविर संचालन गर्ने, उत्कृष्ठ वचतकर्ता र ऋणीलाई सम्मान र पुरस्कार गर्ने, सदस्य सन्तुष्टि सर्वेक्षण गर्ने लगाएतका कार्यक्रम समावेस गरीएको छ । संस्थाले हाल रामेछाप जिल्लाका साविक १८ गाविसमा कार्यक्षेत्र वनाएर काम गर्दै आएको छ । संस्थामा गत आर्थिक बर्ष सम्म १५ हजार ६ जना सदस्य पुगेका छन् ।
बार्षिक साधारण सभामा कोषाध्यक्ष टीकाप्रसाद भट्टले आफ्नो प्रतिवेदन प्रश्तुत गर्दै संस्थाको कुल पूँजि १ अर्व ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ पुगेको जनाएका थिए । उनले संस्थामा ९ करोड ४५ लाख ९० हजार ४ सय शेयर पूँजि, ८५ करोड ३५ लाख ४५ हजार २ सय ७४ बचत संकलन, ६६ करोड २९ लाख २५ हजार ९ सय ६७ रुपैया ऋण लगानी गरिएको उनको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आर्थिक बर्षमा ६६ लाख ७५ हजार १ सय ५२ रुपैया मुनाफा गरेको कोषाध्यक्ष भट्टको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ध्रु्वप्रसाद सुृवेदी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्जवहादुर श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक टंकप्रसाद दाहाल र संचालकहरु नविन केसी र लक्ष्मी बुढाथोकी कार्कीले सहकारी अभियानमा मन्थली बचतको भूमिका र उपलव्धिका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ट बचत र ऋणको कारोवार गने, बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) सदस्यलाई पुरस्कार तथा सम्मान गरीएको थियो । संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी कमलवहादुर तामाङ र सहकारी अभियानलाई संचार माध्यमबाट नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट कार्य गरे वापत पत्रकार रमेश ढुंगेललाई सम्मान सहित पुरस्कार प्रदान गरीएको थियो ।
मंसिर ९ गते देखि जिल्लाका विभिन्न ७ वटा क्लष्टरमा संस्थाले बार्षिक साधारण सभा गरेको थियो । उक्त सभामा करिव १० हजारको सहभागिता रहेको संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले वताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ अमेरिकामा दशैंको रौनक , एनआरएनएका नेता सुवेदी सँग तीन सयभन्दा बढीले गरे टिका ग्रहण
- २ राष्ट्रपति समक्ष महिला आयोगको प्रतिवेदन पेश
- ३ काठमाडौंबाट सिन्धुली जाँदै गरेकाे बस रामेछापमा दुर्घटना हुदा एकजनाकाे मृत्यु १० जना घाइते
- ४ राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रध्यानन्यायधीशकाे सपथ ग्रहण
- ५ बाढी प्रभावित माझी बस्तिमा डा. सैयदद्वारा खाद्यान्न सामग्री वितरण
- ६ मन्थली काठमाण्डौं नियमित उडान सुरु
- ७ रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सिफारिस
- ८ रामेछाप ,दाेलखा हुँदै काठमाडौ सडक संचालनमा
प्रतिक्रिया दिनुहोस