माेटरसाइकललाइ बसले ठक्कर दिदा दम्पतीकाे मृत्यु

झापा -झापाकाे कन्काइ नगरपालिका ७ दुर्गापुरकाे पश्चिम लाेकमार्गमा माेटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिदा एक दम्पतीकाे मृत्यु भएकाे छ ।

मंगलबार दिउसो ४ बजेकाे समयमा पश्चिम लाेकमार्गमा पश्चिमबाट पुर्व जाँदै गरेकाे काे १ ख ६७९४ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेकाे मे ७ प ५०९२ नम्बरको माेटरसाइकललाइ ठक्कर दिदा माेटरसाइकलमा सवार एक दम्पतीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार मृत्यु हुनेमा माेटरसाइकल चालक अर्जुनधारा नगरपालिका ६ का ५२ वर्षीय श्रीमान् नरेन्द्र मैनाली र माेटरसाइकलकाे पछाडि बसेर सवार ५० वर्षकी श्रीमती सीता देवि मैनाली रहेका छन् । माेटरसाइकलमा सवार दम्पती बसकाे ठक्करबाट घाइते भएपछि उपचारका लागि विर्तामोडकाे बिएनसी अस्पतालमा लगिएको र उनिहरुकाे उपचारको क्रममा मृत्युु भएकाे प्रहरी प्रवक्ता पाठकले जानकारी दिएका छन् ।
दुर्घटनाका विषयमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेकाे छ । माेटरसाइकललाइ ठक्कर दिने बसका चालक माेरङ सुन्दरहरैचा ६ का ४० वर्षीय भुपाल देवान , बस र माेटरसाइकल प्रहरीकाे नियन्त्रण रहेकाे प्रवक्ता पाठकले बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस