माेटरसाइकललाइ बसले ठक्कर दिदा दम्पतीकाे मृत्यु
झापा -झापाकाे कन्काइ नगरपालिका ७ दुर्गापुरकाे पश्चिम लाेकमार्गमा माेटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिदा एक दम्पतीकाे मृत्यु भएकाे छ ।
मंगलबार दिउसो ४ बजेकाे समयमा पश्चिम लाेकमार्गमा पश्चिमबाट पुर्व जाँदै गरेकाे काे १ ख ६७९४ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेकाे मे ७ प ५०९२ नम्बरको माेटरसाइकललाइ ठक्कर दिदा माेटरसाइकलमा सवार एक दम्पतीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार मृत्यु हुनेमा माेटरसाइकल चालक अर्जुनधारा नगरपालिका ६ का ५२ वर्षीय श्रीमान् नरेन्द्र मैनाली र माेटरसाइकलकाे पछाडि बसेर सवार ५० वर्षकी श्रीमती सीता देवि मैनाली रहेका छन् । माेटरसाइकलमा सवार दम्पती बसकाे ठक्करबाट घाइते भएपछि उपचारका लागि विर्तामोडकाे बिएनसी अस्पतालमा लगिएको र उनिहरुकाे उपचारको क्रममा मृत्युु भएकाे प्रहरी प्रवक्ता पाठकले जानकारी दिएका छन् ।
दुर्घटनाका विषयमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेकाे छ । माेटरसाइकललाइ ठक्कर दिने बसका चालक माेरङ सुन्दरहरैचा ६ का ४० वर्षीय भुपाल देवान , बस र माेटरसाइकल प्रहरीकाे नियन्त्रण रहेकाे प्रवक्ता पाठकले बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस