मन्थलीमा नमुना मतदानकाे अभ्यास
रामेछाप – जिल्ला निर्वाचन कार्यालय रामेछापले मन्थलीमा नमुना मतदानकाे अभ्यास गराएकाे छ । साेमबार जिल्ला समन्वय समितिकाे प्राङ्गणमा नमुना मतदानकाे अभ्यास गराएकाे हाे ।
यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनका लागि आवस्यक तयारी , मतदान प्रकृया र आउन सक्ने समस्याहरुकाे समाधान के कसरी गर्न सकिन्छ भन्ने कुरालाई अभ्यासमा देखाइएकाे थियाे ।
निर्वाचन प्रकृयालाइ सहजिकरण गर्न र मतदान केन्द्रमा आउन सक्ने समस्या समाधानका लागि अपनाउन सकिने उपाहरुकाे पुर्व तयारीका लागि नमुना मतदान अभ्यासकाे कार्यक्रम राखिएको निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले जानकारी दिए ।
अभ्यास कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले मंसिर ४ मा हुने मतदानका लागि मतदान पकृया तथा आवस्यक तयारीका लागि नमुना मतदानबाट धेरै कुरा सिक्न सकिने बताइन । नमुना अभ्यासले भाेलीकाे तयारीलाई बल पुग्ने भएकाले शान्तिपूर्ण रुपमा मतदान गराउन थप टेवा पुग्ने बताइन ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शाेभाकर रेग्मीकाे अध्यक्षता तथा मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकाएका प्रमुखहरु, पत्रकार तथा स्थानियकाे उपस्थित रहेको थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस