मन्थलीमा नमुना मतदानकाे अभ्यास

रामेछाप – जिल्ला निर्वाचन कार्यालय रामेछापले मन्थलीमा नमुना मतदानकाे अभ्यास गराएकाे छ । साेमबार जिल्ला समन्वय समितिकाे प्राङ्गणमा नमुना मतदानकाे अभ्यास गराएकाे हाे ।

यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनका लागि आवस्यक तयारी , मतदान प्रकृया र आउन सक्ने समस्याहरुकाे समाधान के कसरी गर्न सकिन्छ भन्ने कुरालाई अभ्यासमा देखाइएकाे थियाे ।
निर्वाचन प्रकृयालाइ सहजिकरण गर्न र मतदान केन्द्रमा आउन सक्ने समस्या समाधानका लागि अपनाउन सकिने उपाहरुकाे पुर्व तयारीका लागि नमुना मतदान अभ्यासकाे कार्यक्रम राखिएको निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले जानकारी दिए ।
अभ्यास कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले मंसिर ४ मा हुने मतदानका लागि मतदान पकृया तथा आवस्यक तयारीका लागि नमुना मतदानबाट धेरै कुरा सिक्न सकिने बताइन । नमुना अभ्यासले भाेलीकाे तयारीलाई बल पुग्ने भएकाले शान्तिपूर्ण रुपमा मतदान गराउन थप टेवा पुग्ने बताइन ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शाेभाकर रेग्मीकाे अध्यक्षता तथा मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकाएका प्रमुखहरु, पत्रकार तथा स्थानियकाे उपस्थित रहेको थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस