निर्वाचन सम्बन्धि पत्रकारलाई अभिमुखिकरण
रामेछाप – जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनका बेला मिडिया तथा पत्रकारकाे भुमिका सम्बन्धि अभिमुखिरकण कार्यक्रम सम्पन्न गरेकाे छ । आइतबार निर्वाचन कार्यालयले पत्रकारका लागि अभिमुखिकरण कार्यक्रमकाे आयाेजना गरेेकाे हाे ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले पत्रकारहरुकाे समन्वयले मजबुत बनाएर अगि बढ्ने बताएकी छन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मिडियाकाे महत्त्वपूर्ण भुमिका हुने भन्दै मुख्य निर्वाचन अधिकृत शर्माले पत्रकारलाई सहज तवरले सुचना उपलब्ध गराउन भरपुर प्रयास गर्ने बताईन । त्यसैगरि शर्माले मिडियामा सत्य सुचना मात्र सम्प्रेषण गरेर सहयाेग गर्न आग्रह गर्दै कुनै पनि मिडियालाइ आचारसंहिता उल्लघंन हुने गरि समाचार सम्प्रेषण नगर्न अनुराेध गरिन् ।
त्यसैगरी कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचनका बेला सुचना तथा समाचार सम्प्रेषणका लागि आवस्यक पर्ने सुचना , फाेटाे तथा भिडियो लिनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
त्यसैगरि कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएका कुराहरुमा पनि छलफल भएकाे थियाे । छलफलका क्रममा जिल्ला निर्वाचन कार्यलय रामेछापका प्रमुख मधुकर शाहले आचारसंहिता उल्लघंन भएकाे भनेर हालसम्म लिखित उजुरी नआएकाे बताएका थिए ।
कार्यक्रम रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माकाे प्रमुख आतिथ्यता तथा सहायक प्रमुख जिल्ला अधिकारी अनाेज घिमिरेकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुकाे सहभागी रहेकाे थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
















प्रतिक्रिया दिनुहोस