प्रहरी दिवसमा वृहत् रक्तदान कार्यक्रम

झापा- जिल्ला प्रहरी कार्यालय झापाकाे अायाेजनामा ६७ अाै प्रहरी दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रमकाे अायाेजना गरिएकाे छ । प्रहरी दिवसकाे अवसरमा बिहीबार नेपाल रेडक्रस साेसाइटी झापासँगकाे समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाले रक्तदान कार्यक्रम गरेकाे हाे ।

प्रहरी दिवसकाे अवसरमा अायाेजित रक्तदान कार्यक्रममा
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकमा गरि १३६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी प्रमुख विश्वमणी पाेख्रेल सहित ८३ जना प्रहरी कर्मचारी र ५३ स्थानीय व्यक्ति, संचारकर्मी र उद्योग व्यवसायीले रक्तदान गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
त्यसैगरि दिवसको अवसरमा असाेज २९ गते सरसफाइ कार्यक्रम ,३० गते वृक्षारोपण कार्यक्रम र असाेज ३१ गते प्रहरी दिवसका दिन अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेकाे सुचना अधिकारी पाठकले जानकारी दिएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस