प्रहरी दिवसमा वृहत् रक्तदान कार्यक्रम
झापा- जिल्ला प्रहरी कार्यालय झापाकाे अायाेजनामा ६७ अाै प्रहरी दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रमकाे अायाेजना गरिएकाे छ । प्रहरी दिवसकाे अवसरमा बिहीबार नेपाल रेडक्रस साेसाइटी झापासँगकाे समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाले रक्तदान कार्यक्रम गरेकाे हाे ।
प्रहरी दिवसकाे अवसरमा अायाेजित रक्तदान कार्यक्रममा
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकमा गरि १३६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी प्रमुख विश्वमणी पाेख्रेल सहित ८३ जना प्रहरी कर्मचारी र ५३ स्थानीय व्यक्ति, संचारकर्मी र उद्योग व्यवसायीले रक्तदान गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
त्यसैगरि दिवसको अवसरमा असाेज २९ गते सरसफाइ कार्यक्रम ,३० गते वृक्षारोपण कार्यक्रम र असाेज ३१ गते प्रहरी दिवसका दिन अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेकाे सुचना अधिकारी पाठकले जानकारी दिएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस