टीका लगाउने उत्तम साइत अाज बिहान ११:५१ बजे
काठमाडौ – विजया दशमीको टीका लगाउने उत्तम साइत अाज (बुधबार )बिहान ११:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
अाज बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
राज्य सञ्चालकहरुले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने पञ्चाङ्ग समितिकम अध्यक्ष अधिकारीले बताएका छन् ।
दुर्गादेवीको प्रसादका रूपमा देशभर अाजदेखी कोजाग्रत पूर्णिमाका दिनसम्म अाफ्ना मान्यजनकाे हातबाट टीका र आशीर्वाद थाप्ने चलन छ । केहीले भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका, प्रसाद ग्रहण गर्ने गर्छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस