टीका लगाउने उत्तम साइत अाज बिहान ११:५१ बजे

काठमाडौ – विजया दशमीको टीका लगाउने उत्तम साइत अाज (बुधबार )बिहान ११:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अाज बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
राज्य सञ्चालकहरुले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने पञ्चाङ्ग समितिकम अध्यक्ष अधिकारीले बताएका छन् ।
दुर्गादेवीको प्रसादका रूपमा देशभर अाजदेखी कोजाग्रत पूर्णिमाका दिनसम्म अाफ्ना मान्यजनकाे हातबाट टीका र आशीर्वाद थाप्ने चलन छ । केहीले भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका, प्रसाद ग्रहण गर्ने गर्छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस