• काेसिस न्यूज
  • धारिलो हतियार प्रहार गरि श्रीमानद्वारा श्रीमतीको हत्या


    झापा – झापा गाउपालिका ६ चन्द्रबस्तिमा अाफ्नै श्रीमानले धारिलो हतियार प्रहार गरि श्रीमतीकाे हत्या गरेका छन ।

    शुक्रबार राति ४० बर्षिय श्रीमान नाईके हस्दा (सतार) ले ३५ वर्षकी श्रीमती तालामाइ हस्दालाई धारिलाे हतियार प्रहार गर्दा घटना स्थलमा नै मृत्युु भएकाे प्रहरीले जनाएकाे छ ।

    शुक्रबार राति १०:१० बजेकाे समयमा मदिरा सेवन गरेर अाएका सतारले अाफ्नै घरमा श्रीमती तालामाइ हस्दाकाे काेखामा धारिलाे हतियार प्रहार गरेका थिए । सतारकाे धारिलो हतार प्रहारबाट तालामाइकाे घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।

    श्रीमतीलाई धारिलाे हतियार प्रहार गरेर फरार रहेका श्रीमान हस्दा शनिबार कचनककवल गाउपालिका १ काे नेपाल भारत सिमाना नजिकैबाट प्रहरीले प्रकाउ गरि थप अनुसन्धान गरिरहेकाे प्रवक्ता पाठकले बताएका छन् ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस