काठमाडौं मन्थली २ सम्पर्क समिति गठन
काठमाडौं -नेपाली कांग्रेस काठमाडौ मन्थली नगरपालिका २ सम्पर्क समिति गठन भएकाे छ । शनिबार काठमाडौमा रामकुमार बस्नेतकाे अध्यक्षता २३ सदस्यीय समिति गठन भएकाे हाे ।
मन्थली नगरपालिका २ घर भएका विभिन्न पेशा, व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्ने काँग्रेसमा आस्था राख्नेहरुकाे भेलाबाट बस्नेतकाे अध्यक्षतामा समिति गठन गरिएको छ । सम्पर्क समितिको उपाध्यक्षमा दुर्गा भुजेल र सन्तोष श्रेष्ठ चयन भएका छन् । त्यसैगरि सचिवमा अनिल दाहाल र कुमार श्रेष्ठ र सहसचिवमा रुपक कार्की र शुसिला अधिकारी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा रमा श्रेष्ठ चुनय भएकी छिन् ।
समितिको सदस्यहरुमा युबराज थापा, जीवन कार्की, सन्तोष नेपाली, गुन्ज बहादुर श्रेष्ठ, तुलसी श्रेष्ठ, रामशरण कार्की, मनोज श्रेष्ठ, दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, कल्याण बस्नेत, सीता श्रेष्ठ, मनोज बस्नेत, सविन श्रेष्ठ, रोशन अधिकारी र कृष्ण भुजेल रहेका छन् ।
त्यसैगरि समितिकाे सल्लाहकार समिति पनि गठन भएकाे छ । सल्लाहकार समितिकाे संयाेजकमा दिपक श्रेष्ठ ,सदस्यमा रबिन बस्नेत, निमा लामा, रामहरि खड्का र राेहित बस्नेत चयन भएका छन् ।
समितिले मन्थली २ का कुनैपनि नागरिकलाई काठमाडौमा अप्ठ्यारो पर्दा सहयाेग जुटाउने , काठमाडौमा बस्ने वडाबासिसँग समन्वय तथा सम्पर्क बढाउने काममा पहल गर्ने समितिका संयाेजक रामकुमार बस्नेतले बताए ।
नेपाली काँग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका सभापति राज नारायण श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गंगा अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मन्थली नगरपालिकाका नगर सभापति शंकर अधिकारी, काँग्रेस नेताहरु प्रदिप बस्नेत, केदार बस्नेत, ज्ञानु श्रेष्ठ, नेविसंघ नेता उत्तमकुमार कार्की लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस