राज्यमन्त्री वली विरुद्ध अभद्र व्यवहारमा उजुरी
दाङ- लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली विरुद्ध ‘अभद्र व्यवहार’मा जाहेरी परेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी मिना भण्डारी बस्नेतले मंगलबार अभद्र वली विरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।
पिडित बस्नेतले मंगलबार बिहान घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज गर्दै कुटपिट गरि अभद्र व्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरम उजुरी दिएकी छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक रञ्जित स्वाारका अनुसार राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको र जाहेरी पनि जिल्लामा नै पठाइने बताएका छन् ।
बस्नेतकाे घरमा पसेर अाेलीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले अाेलीलाई नियन्त्रणमा लिएको थियो । वलीलाइ कारबाहीको माग गर्दै स्थानीय बासिन्दा ईलाका प्रहरी कार्यालय पुगेका थिए ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए छन् । उनले घटनाका विषयमा थप बुझ्ने काम भइरहेको बताए । मिना बस्नेतकाे श्रीमान् एकराज बस्नेत भने घटना भएको बेला घरमा नभएकाे प्रहरीले जनाएकाे छ । बस्नेतकाे घरको गेट ढकढकाउन पुगेकी मन्त्री वलीले सिधै घरभित्र प्रवेश गरी ‘मेरो एकराज खोई ? एकराज मेरो श्रीमान् हो,’ भन्दै तोडफोड गर्न थालेको जाहेरीमा उल्लेख गरिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस