राज्यमन्त्री वली विरुद्ध अभद्र व्यवहारमा उजुरी

दाङ- लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली विरुद्ध ‘अभद्र व्यवहार’मा जाहेरी परेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी मिना भण्डारी बस्नेतले मंगलबार अभद्र वली विरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।

पिडित बस्नेतले मंगलबार बिहान घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज गर्दै कुटपिट गरि अभद्र व्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरम उजुरी दिएकी छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक रञ्जित स्वाारका अनुसार राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको र जाहेरी पनि जिल्लामा नै पठाइने बताएका छन् ।
बस्नेतकाे घरमा पसेर अाेलीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले अाेलीलाई नियन्त्रणमा लिएको थियो । वलीलाइ कारबाहीको माग गर्दै स्थानीय बासिन्दा ईलाका प्रहरी कार्यालय पुगेका थिए ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए छन् । उनले घटनाका विषयमा थप बुझ्ने काम भइरहेको बताए । मिना बस्नेतकाे श्रीमान् एकराज बस्नेत भने घटना भएको बेला घरमा नभएकाे प्रहरीले जनाएकाे छ । बस्नेतकाे घरको गेट ढकढकाउन पुगेकी मन्त्री वलीले सिधै घरभित्र प्रवेश गरी ‘मेरो एकराज खोई ? एकराज मेरो श्रीमान् हो,’ भन्दै तोडफोड गर्न थालेको जाहेरीमा उल्लेख गरिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस