दोरम्बा शैलुङ गाउँपालिकाको मतगणना स्थलमा तनाव
४ राउण्ड हवाई फायर
रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउपालिकामा मतगणनाको क्रममा तनावको स्थिति श्रृजना भएको छ । मतगणना स्थानमा विद्युत लाईन गएको गएपछि गणना केन्द्र बाहिर रहेका सर्वसाधारणले ढुङा प्रहार गरेका थिए । ढुङा हान्दै भिड ढोकाबाट अघी बढ्न खोजेपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिका अनुसार मतगणना स्थानका लागि मात्र वत्तिको लागि पुग्ने एमसिभि भएपनि बाहिर वस्ने सर्वसाधारणका लागि समेत सोहि एमसीभिबाट लाईन दिदा विद्युत खपत वढ्न गई एमसिभि झरेको थियो । वत्ति निम्ने वित्तिकै इन्भर्टरको विजुली सप्लाई गरेपनि बाहिरबाट हो हल्ला नरोकिएकोले स्थिति असहज वनेको थियो ।
बाहिर रहेका सर्वसाधारणले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षक सहित केहि प्रहरीलाई ढुङगा लागेको पहाडिले वताए । ‘अहिले अवस्था सामान्य भइसकेको र मतगणना जारी रहेको छ ’ पहाडिले भने ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस