सित्खामा एमाले र गठबन्धन बीच झडप
रामेछाप -खाडाँदेवि गाउँपालिकाकाे सित्खामा एमाले कार्यकर्ता र गठबन्धनका कार्यक ता बिच झडप भएकोछ । एमाले कार्यकर्ताले गबन्धनका उम्मेदवारकाे बाटाे छेकेर झगडा गर्न निहु खाेजे पछि सामान्य झडप भएकाे हाे ।
खाडादेवि गाउँपालिका ३ सित्खामा गठबन्धनका उम्मेदवारहरु बाटाे हिडिरहेकाे बेला बाटाे छेकेपछि झपडकाे वातावरण सिर्जना भएकाे नेपाली कांग्रेस रामेछाप प्रदेश सभा खका सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिएका छन् । गठबन्धनका तर्फबाट खाडादेवि गाउँपालिका ३ का अध्यक्षका उम्मेदवार भक्त बहादुर श्रेष्ठ सवार माेटरसाइक राेकेर अपरहरण शैलिमा लगेकाे कांग्रेस कार्यकताले थाहा पाएपछि झडपकाे स्थिति सिर्जना भएकाे थियो । वडामा सत्ता गठबन्धन दलहरु बीच चुनावी तालमेल भएपछि एमालेका वडा अध्यक्षका उम्मेदवार पुष्कर कार्कीले चुनाव हार्ने देखेपछि रणनीति अपनाउदै जित्नका लागि गठबन्धनकाे उम्मेदवारलाई अपहरण गर्न खाेजेकाे कांग्रेसले अाराेप लगाएकाे छ । उक्त वडा एमालेका पालिका अध्यक्षका उम्मेदवार ज्ञानकुमार श्रेष्ठकाे वडा हाे ।ि त्यसेै कारण केही समय सित्खा बजार तनावग्रस्त बनेकाे थियाे भने सुरक्षा टाेली पुगेपछि परिस्थिति सामान्य भएकाे सभापति श्रेष्ठले बताए ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस