• काेसिस न्यूज
  • प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ


    रामेछाप – नेपाल प्रेस युनियन रामेछाप शाखाको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । शनिवार सम्पन्न ५ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

    त्यसैगरी कार्यसमितिकाे उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्ष सम्झना खड्गी, सचिवमामिलन बिक (घिमिरे), सहसचिवमा टंकनाथ गौतम, कोषाध्यक्ष राजन महतरा र सदस्यहरुमा श्रीराजा चन्द्र महत,सदस्यहरुमा इश्वर विक, अनिता रसाइली, सदस्यकर्ण श्रेष्ठ, सुशिला बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

    नेपाल प्रेस युनियन लाेकतान्त्रिक श्रमजीवी पत्रकारहरुकाे साझा संसथा हाे भने याे संस्था नेपालकाे श्रमजीवी पत्रकारहरुकाे पहिलाे संगठन हाे


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस