शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
रामेछाप – रामेछाप नगरपालिकाकाे अनिवार्य तथा नि:शुल्क शिक्षा घाेषणा भएकाे छ । साेमबार एक भव्य कार्यक्रमकाे आयाेजना गरेर अनिवार्य तथा नि:शुल्क शिक्षा नगर घाेषणा गरिएकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै संघिय सांसद एंव पुर्व उर्जा राज्य मन्त्री पुर्ण बहादुर तामाङ (कान्छारम )ले शिक्षकलाइ राजनीति नगर्न अनुराेध गरेका छन् । शिक्षकले देशलाई आवस्यक पर्ने राम्रो र दक्ष जनशक्ति उत्पादन गर्ने हाे भन्दै शिक्षकलाई त्यता तिर लाग्न आग्रश गरे ।
त्यसैगरी यसपटक एसईइमा आएकाे नतिजा राम्रो भएकाे उल्लेख गर्दै उनले अर्काे वर्षकाे नतिजा अहिलेकाे भन्दा घटेर आएमा शिक्षककाे इज्जत पनि घट्ने बताए।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले कुनैपनि सकारात्मक कामकाे सुरुवात आफैबाट गरेपछि मात्र अरुलाई त्याे काम गराउन सकिने बताए । त्यसैले अरुलाई दाेष थुपाेर आफू पन्छिने काम गर्न नहुने भन्दै असल कामकाे सुरुवात आफैबाट गर्नपर्ने बताए ।
नगरले अनिवार्य तथा निःशुल्क शिक्षा घाेषणा गरेपनि यसलाई पुर्णता दिने सफल बनाउने जिम्मेवारी सबै पक्षहरुकाे भएकाले सबैलाई सहयाेग गर्न अनुराेध गरे ।
कार्यक्रममा अनिवार्य तथा नि:शुल्क शिक्षा घाेषणाका लागि सक्रिय भुमिका खेल्ने नगरका ,कर्मचारी ,विद्यालयका प्रध्यानध्यापक,संचार माध्यम तथा विभिन्न संघसंस्था सम्मान समेत गरिएकाे थियाे ।
रामेछाप जिल्लाकाे अनिवार्य तथा निःशुल्क शिक्षा घाेषणा कार्यक्रम गर्ने रामेछाप नगरपालिका दाेस्राे पालिकाे हाे ।यस अघि उमाकुण्ड गाउँपालिकाले घाेषणा गरिसकेकाे छ । यसरअं घाेषणा भएका पालिकामा कुनैपनि बालबालिका ४ लेखी १३ वर्ष उमेर समुह र कक्षा ८ सम्मकाे शिक्षा हुने र उक्त शिक्षा सबेै बालबालिकाका लागि अनिवार्य गरिने छ ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस