मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
रामेछाप – मन्थली माध्यमिक विद्यालयमा अध्ययनरत सकुन्तला थापालाई मुक्तिनाथ विकास बैंकले उत्कृष्ट छात्रवृत्ति प्रदान गरेकाे छ । मंगलबार बैंकको मन्थली शाखाले उक्त छात्रवृत्ति प्रदान गरेकाे हाे ।
बैंकका मन्थली शाखा प्रबन्धक बद्री प्रसाद रिमालले विद्यालयका प्रधानध्यापक टंग प्रसाद दाहाल मार्फत उत्कृष्ट छात्रवृत्तिकाे १५ हजार रकम उपलब्ध गराएका छन् । उक्त छात्रवृत्ति प्राप्त गर्ने छात्रा माविमा कक्षा ११ मा अध्ययनरत छिन् ।
मुक्तिनाथ विकास बैंकले केही वर्षदेखि शाखा रहेकाे जिल्लामा स्थानीय तहमा रहेकाे जेहेन्दार ,विपन्न तथा कृषक परिवारका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्ने गरेकाे छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस