यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
रामेछाप – मंसिर १४ गते रामेछापको गोकुलगंगा गाउँपालिकाको फर्पुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई बेणी त्रिबेणी यातायातले समितिले सहमति बमोजिमको काजकृया खर्च उपलव्ध गराएको छ ।
बिहिबार उक्त यातायात समितिका अध्यक्ष कमलबहादुर भुजेलले मृतक प्रति श्रद्धाञ्जली दिदै उनीहरुका परिवारलाई काजकृया बापतको रकम उपलब्ध गराएका छन् । काठमाण्डौंबाट बेताली तर्फ जादै गरेको सो यातायातको फोर्स जीप फर्पुमा दुर्घटना हुदा गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र वस्नेत सहित ५ जनाको घटनास्थलमानै ज्यान गएको थियो । दुर्घटनामा परी ३ जना घाईते भएका थिए । घाईतेहरुको काठमाण्डौंमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर मृत्यू भएकाको काजकृया बापतकाे रकम यातायात समितिले प्रति मृतक ५० हजार रुपैयाँ उपलव्ध गराएको छ भने एकै परिवारका २ जना मृत्यू भएका परिवारलाई भने १ लाख ५० हजार काजकृया खर्च उपलव्ध गराइएको अध्इक्ष भुजेलले वताएका छन् । भुजेलका अनुसार विमा वापतको अन्य रकम मागदावि गर्नका लागि प्रकृया समेत सुरु गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले समेत मृतकहरु प्रति श्र्रद्धाञ्जली दिदै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस