शिक्षकले तलब नपाए पछि मन्दर मेलचौर माविको पठनपाठन ठप्प
रामेछाप- सुनापती गाउँपालिका २ डिमीपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरको शिक्षकले तलब नपाएको भन्दै पठनपाठन ठप्प गरेका छन् । लामो समयदेखि पालीका र विद्यालय व्यवस्थापन समितिबिच विवाद हुँदा शैक्षिक सत्र सुरु भएदेखी नै उक्त विद्यालयका शिक्षकले तलब नपाएको भन्दै पठनपाठन ठप्प गराएका छन् ।
उक्त विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आइतबार संयुक्त विज्ञप्ति जारी गदै वैशाखदेखि हालसम्म पनि तलब भत्ता नपाएकोले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित हुने तर अध्यापन कार्य नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको विवादका कारण विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले तलब नपाएको आरोप लगाउदै आफ्नो माग पुरा नभएसम्म विद्यालयको पठनपाठन बन्द गर्ने जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस