नागरिकले राज्यकाे अनुभुती गर्नेगरी काम गर्छु: अर्थ मन्त्री काफ्ले
रामेछाप – बागमती प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री कुन्दन राज काफ्लेले नागरिकले राज्काे अनुभुती गर्नेगरी काम गर्ने बताए । मन्त्री काफ्लेले बुधबार एक कार्यक्रममा बाेल्दै नागरिकलाई राज्यकाे अनुभुती हुनेगरि काम गर्ने बताएका हुन ।
आर्थिक मामिला तथा याेजना मन्त्रालय बागमती प्रदेशकाे आयाेजनामा भएकाे राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धि रामेछाप भएकाे स्थानिय तहसँगकाे अन्तरक्रिया कार्यक्रममा मन्त्री काफ्लेले नागरिक चाहाना ,आवस्यक र माग अनुरुप काम गरेर सरकारकाे सबै निकाएले नागरिकलाई राज्य अनुभुती हुनेगरी काम गर्नुपर्ने बताएका हुन । त्यसैगरी मन्त्री काफ्लेले सरकारका सबै तहका जनप्रतिनिधिले राजनितीबाट माथि उठेर जनताकाे पक्षमा काम गर्नुपर्ने बताए ।
मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताएका छन्। उनले उत्पादनकाे क्षेत्रमा काम भएमात्र राेजगारी सिर्जना हुने बताए । त्यस्तै उनले आफू २४ घण्टै जनताको सम्पर्क रहने र जनताकै सल्लाह सुझावका आधारमा काम गर्ने बताए।
त्यसैगरी कुनैपनि याेजनाकाे स्थलगत अध्ययन तथा दुरगामी प्रभावका विषयमा अध्ययन बिना बजेट नहाल्ने बताए । उनले भने” विज्ञ टाेलीकाे अध्ययनका आधारमा मात्र काम गर्ने र विकास निर्माणकाे लागि जनताकाे कुरा सुनेर अघि बढ्छु।”

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस