चनखुमा ट्रक दुर्घटना , चालक सहित ३ जना घाइते
रामेछाप – मन्थली नगरपालिका १० चनखुमा ट्रक दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन् । चनखुबाट मन्थली तर्फ आउने क्रममा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापकाे अनुसार साेमबार साझ ८: ३० बजेकाे समयमा चनखुकाे लामा टोलबाट बाँस लिएर मन्थली तर्फ जानेक्रममा बा ५ ख ८०७१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएकाे हाे । उक्त ट्रक दुर्घटनामा परि चालक सहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रक चालक खाडाँदेवी ५ पकरबासका बर्ष ३८ को राजु ढुङ्गेल र ट्रकमा सवार अन्य दुई जना सामान्य घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार चालक ढुङ्गेलकाे दायाँ आखा माथि निधारमा चोट अवस्था मध्यम रहेको छ भने अन्य २ जना सामान्य घाईते भएको र सामान्य उपचार समेत नगरि आ-आफ्नो घर गएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस