कविता : जीवन
हिजो अलिकति लत्रिदै
आज अलिकति झुत्रिदै
यता थोरै,उता थोरै, रहर सेलाउदै
पलाउदै चुंडिदै, चलेको जीवन
यत्र तत्र असरल्ल, छरिएका सपना
ति सम्हाल्ने चाहाना अनि पराजित मन
खाटा बस्न नचाहने, प्यारा घाउहरु
जो हरेक निमेश, बल्झिई रहन्छन
मनहरु त्यसै संग, अल्झिई रहन्छन
केही आए जस्तो, केही गए जस्तो
केही पाए जस्तो, अनि केही गुमाएं जस्तो
नत अलमल, नत झलमल – जिवन
एक बृक्ष, अटल उभिई रहेछ
उसमा कैयन पंक्षिहरु वसि रहेछन
उडेर गई रहेछन, बस्ने किन बस्यो !
उडेर किन गयो, खुसि बनेर उड्यो !
यात दुखि भएरपो वसि रहेका छन कि !
सपना सकार गर्न उडे, या गुमाएर आई बसे
नबुझ्ने उनका भाका, चिरविर चिरविर
कोकोलाहाल मचाई रहेछन
आई रहेछन, गई रहेछन, फुत्त फुत्त
उनिहरुको निर्जिव सारथि बनेर रुख
भलै चौतारि बनेको छ, सुख दुख
चरि उन्लाई कुनै हेक्का छैन, उन्का चौतारि
कोबाट, कतिबेला, कसरी, कहिले, ढालिन्छ
सोधिन्न, बुझिन्न, उसको दु:ख, अनि केछ चाहा
कसैको सोखमा, सनकमा क्षण मै ढालिन्छ
उहीँ बेटुङ्गे चौतारिको वृक्ष – जिवन
टोलाएर क्षितिज पारिको गोधुलि संग
साटेर साटिएर खुसि साह्रा उमंग
कत्तिबेला कालो रातले छेक्दछ पत्तै हुन्न
तरंगित मन मुटुका चालहरु एकाएक सितांग
ब्यथा जो छ साह्रा कहँदा आफ्ना बन्छ कथा
ए समय, सक्छस ?
हरेक जीवनका पलहरु फर्काएर दिन !
डाली र फुल छुट्न, न्यानो सम्बन्धहरु टुट्न
आफन्त, आफ्नोपनबाट अलगिन रहर होलार लोकलाई !
सक्छस भनें लोकको विगत फर्काउने चेष्टात गर,
दुनियां तलाई सलाम गर्दै, गुलाम भएर बस्नेछ
भएर पनि नभए जस्तो पाएर पनि नपाए जस्तो
हाँसो स्तब्ध, सन्नाटा कोकोलाहाल मसान जस्तो
नहरकै माथि पट पट फुटेको सुख्खा फाँट जस्तो – जीवन
लेखक : रामहरि के.सी.
क्याटेगोरी : साहित्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस