सांस्कृतिक महासंघकाे महाधिवेशन भदौ भित्र सक्ने
चितवन – नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने भएको छ । बिहीबार चितवनमा बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ भित्र महाधिवेशन सक्ने निर्णय गरेकाे हाे ।
चितवनमा बसेको केन्द्रीय समितिको बैठकले ६ बुदे निर्णय गर्दै भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन सकेर केन्द्रीय महाधिवेशन गर्ने गर्ने निर्णय गरेको छ । बैठकले नयाँ विधान अनुसार अहिलेसम्म भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन गरेको छ । त्यस्तै तेस्रो अधिवेशन सम्पन्न गराउन महासंघको विधानकाे भाग ५ अनुसार २५ जनालाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेकाे छ ।
फागुनको २१ र २२ गते नेपाली काँग्रेस चितवनको पार्टी कार्यालयमा बसेकाे महासंघको बैठकले संगठन सुदृढिकरण अभियानका लागी मेची–महाकाली लोकतान्त्रिक एकल सांगीतिक कार्यक्रम गर्ने भएको छ । यसका लागी विमलराज क्षेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए । महांघलाई चलाएमान बनाउनका लागी पाँच सदस्यीय विशेष समिति गठन गरेको छ । अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति , गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति , प्रभातमणी आझोको संयोजकत्वमा आर्थिक समिति , विपिन किरणको सयोजकत्वमा कार्यक्रम संयोजन समिति , , विभिन्न विधागत संघसंस्था समन्वय समितिको संयोजकमा शर्मिला बोहोरा रहेको समिति गठन गरेको हो । त्यस्तै सामाजिक संजाल मार्फ महासंघको नेतृत्व एवं सदस्यका विषयमा चरित्र हत्या गर्ने , लाञ्छना लगाउनेलाई कारवाहीका लागी अनुशासन समितिमा सिफारिस गर्ने निर्णय भएको अनुशासन समितिका संयोजक अर्जुन गिरीले बताए ।
महासंघले विभिन्न विधा मार्फत काँग्रेसको नीति , उदेश्य र उपलब्धीका वारेमा अभियान मार्फत देशभरी संचालन गर्ने निर्णय भएको समेत गिरीले बताए । महासंघको विधान संसोधन तथा परिमार्जन गर्नका लागी कष्णगोपाल केसीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।।
क्याटेगोरी : समाचार, साहित्य
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस