आइजिपी कुँवरले गरे केसिद्वारा लिखित ´सम्बन्धकाे दाेबाटाे` कथा संग्रहकाे विमाेेचन
काठमाडौं – प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विमोचन गरेका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बिच उक्त कथा संग्रह विमोचन गरिएकाे हाे ।
कार्यक्रममा संग्रहकाे विमाेचन गर्दै प्रहरी महानिरीक्षक कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, शान्ति सुरक्षाका काय राख्ने ,भौतिक तथा बौद्धिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले साहित्य, कला र संस्कृतिकाे समेत संरक्षण गर्न समेत तल्लीन रहेकाे बताए । महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य फरक विधा भएपनि कला, साहित्य र सिर्जना भने प्रकृतिसँग अन्तरसम्बन्धित हुने चर्चा गर्दै नागरिकको सेवामा खटिँदा भोगेका अनुभवका विषयलाई समाजको दर्पणको रूपमा एउटा सुरक्षाकर्मीले लिपिबद्ध गरेर साहित्यका रुपमा प्रस्तुत भएकाे उल्लेख गरे ।
नेपाल प्रहरीका सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्यकाे क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासंग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए।
क्याटेगोरी : समाचार, साहित्य
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस