आइजिपी कुँवरले गरे केसिद्वारा लिखित ´सम्बन्धकाे दाेबाटाे` कथा संग्रहकाे विमाेेचन
काठमाडौं – प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विमोचन गरेका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बिच उक्त कथा संग्रह विमोचन गरिएकाे हाे ।
कार्यक्रममा संग्रहकाे विमाेचन गर्दै प्रहरी महानिरीक्षक कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, शान्ति सुरक्षाका काय राख्ने ,भौतिक तथा बौद्धिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले साहित्य, कला र संस्कृतिकाे समेत संरक्षण गर्न समेत तल्लीन रहेकाे बताए । महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य फरक विधा भएपनि कला, साहित्य र सिर्जना भने प्रकृतिसँग अन्तरसम्बन्धित हुने चर्चा गर्दै नागरिकको सेवामा खटिँदा भोगेका अनुभवका विषयलाई समाजको दर्पणको रूपमा एउटा सुरक्षाकर्मीले लिपिबद्ध गरेर साहित्यका रुपमा प्रस्तुत भएकाे उल्लेख गरे ।
नेपाल प्रहरीका सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्यकाे क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासंग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए।
क्याटेगोरी : समाचार, साहित्य
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस