रामेछापमा दुई छुट्टा छुट्टै दुर्घटना हुदा दुईजनाकाे मृत्यु
रामेछाप – रामेछापमा दुई छुट्टा छुट्टै दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ ।साेमबार दुर्घटनामा परि दुईजनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
साेमबार बिहान मन्थली ७ भटाैलीकाे पाेडेदहमा टिपर दुर्घटना हुदा चालककाे मृत्यु भएकाे छ भने दिउसो खाँडादेवि गाउँपालीका ३ भिरपानिमा माेटरसाईकल दुर्घटना हुदा माेटारसाइकल चालककाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मुगिटारबाट मन्थली बजार तर्फ आउदै गरेकाे प्र. ०१-००६ ख ३८३९ नं.को टिपर पाेडेदहमा सडकबाट अं.५० मिटर तल खसेर दुर्घटना हुदा टिपर चालक मृत्यु भएकाे हाे । मृत्यु हुनेमा गोकुलगंगा ३ दिगी बस्ने नर बहादुर बस्नेतको छोरा अन्दाजी २१ वर्षको दिपेन्द्र भन्ने पबित्र बस्नेत रहेका छन् । साेही टिपरका टिपरका सह-चालक दोलखा जिल्लाकाे तामाकोशी गाउपालिका ६ च्यामा बस्ने अन्दाजी २१ को मनोज फुयाँल घाइते भएका छन् । घाइते फुयाललाई उपचारकाे लागि काठमाडौ पठाईएकाे प्रहरीले जानकारी दिएकाे छ ।
त्यसैगरी दिउसाे खाँडादेवी गाउपालिका ३ भिरपानीमा भएकाे मोटरसाइकल दुर्घटनामा परी माेटरसाईकल चालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली -२ कठजोर निवासी २६ वर्षक अशोक नेपाली रहेको छन् ।साेहि माेटरसाईकलमा सवार दोलाखा मेलुंङ गाउपालिका २ का घ्याङ बस्ने ३० वर्षका सन्जित दर्जी सामान्य रहेको घाइते भएका छन् । घाइते दर्जिकाे उपचारका लागि धुलिखेल अस्पताल पठाएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
तिल्पुङबाट काठमाण्डौ तर्फ जादै गरेको बा.८९प. ४३८२ न. को मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खस्न गई दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस