नेवा : दिवसमा विविध कार्यक्रम
रामेछाप – ७ ओैं विश्व नेवा दिवसमा नेवार समुदायले मन्थलीमा विविध कार्यक्रम गरि मनाएकाे छ । दिवसकाे अवसरमा नेवाहरुकाे विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
दिवसका अवसरमा नेवार समुदायका विभिन्न संघ संस्थाहरुकाे संयुक्त आयाेजनामा नेवारहरुकाे भेषभुषा,भाषा ,संस्कृती,परम्परा र ऐतिहासिक मुल्य मान्यताकाे संरक्षणका विषयमा अन्तरक्रिया गरिएकाे छ । त्यसैगरी नेवारहरुकाे पहिचानलाई विश्वभर पहिचानका लागि नेवा समुदाय , स्थानिय सरकार तथा आम नागरिकको भुमिकाकाे विषयमा छलफल तथा अन्तरक्रिया गरिएकाे हाे ।

त्यस्तै दिवसमा शनिबार बिहान मन्थली बजारमा र्याली प्रदर्शन गरिएकाे छ भने साँझ मन्थली बजारकाे देवकोटा चाेकमा दिप प्रज्वलन गरेकाे नेवा देया दबु रामेछाप अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरि दिवसकै अवसरमा चैत्र १८ गते आइतबार रामेछाप नगरपालिका अग्नि पिडितहरुलाई राहत सामाग्री उपलब्ध गराउने कार्यक्रम रहेकाे नेवा देया दबु रामेछापकी पुर्व महासचिव संझना श्रेष्ठले जानकारी दिईन ।
कार्यक्रम नेवा ल्याम पुुच्, नेवा मिसा दबु, नेवा खल, नेवा देया दबु लगाएतका संघसंस्थाले संयुक्तरुपमा आयाेेेजना गरेका हुन ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस