रामेछाप कांग्रेस माग १६ गते जिल्लाभर एकैदिन सबै समुदायमा पुग्ने
रामेछाप – समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेस रामेछापले माग १६ गते जिल्लाका सबै समुदायमा एकसाथ कार्यक्रम गर्ने भएकाे छ । कांग्रेस जिल्ला कार्यसमितिकाे साेमबार बसेकाे ३२ ओैं बैठकले एकैदिन जिल्लाभर एकसाथ कार्यक्रम गर्ने निर्णय गरेकाे हाे ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गरेकाे यहि माघ १३ देखि २६ गते सम्म देशभर संचालन गर्न लागेकाे समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत रामेछाप कांग्रेसले भने माग १६ गते जिल्लाकाे वडा स्तरमा गएर सबैवडामा एकै दिन एकसाथ कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम सफल पार्नका लागि साेमबार बसेकाे जिल्ला कार्यसमितिकाे बैठकले सबै वडामा प्रतिनिधिहरु खटाएकाे समितिका प्रचार विभाग प्रमुख हिमाल ढुङ्गेलले जानकारी दिए ।
अभियानका क्रममा समुदायमा पुगेका कांग्रेसले स्थानिय तहकाे गतिविधि प्रतिकाे प्रतिकृया,गुनासाे, सुझाव तथा अपेक्षाहरुका विषयमा विभिन्न चरणमा छलफल गराउने र आएकाे प्रतिक्रियाका आधारमा पार्टीले निति निर्माणमा समावेश गर्ने उद्देश्यका साथ समुदाय कांग्रेस अभियान संचालन गर्न लागेकाे हाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस