बृहत् रामेछाप महाेत्सब सम्पन्न
रामेछाप – रामेछाप जिल्लाकाे सदरमुकाम मन्थलीमा उद्योग बाणिज्य संघ रामेछापले आयाेजना गरेकाे बृहत रामेछाप महाेत्सब आइतबार सम्पन्न भएकाे छ । पाैष २६ गतेबाट सुरु भएकाे उक्त महाेत्सबकाे आइतबारसम्म संचालन भएकाे थियो ।
महाेत्सबकाे मापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छारा) ले सबै हिसाबले महाेत्सब ऐतिहासिक भएकाे बताए । जिल्ला भएका धार्मिक , पर्यटकिय स्थल र यहाकाे उत्पादन र सुन्दरताकाे प्रचार कमी भएकाे भन्दै जिल्लामै टेफिभिजन आवस्यक रहेकाे बताए । उनले जिल्लाकाे एउटा स्थानमा भएकाे सुन्दरता ,उत्पादन र संभावना जिल्लाकाे अर्काे स्थानमा बस्नेले थाहा पाउनुपर्ने र त्यसका लागि टेलिभिजन आवस्यक पर्ने बताए ।
त्यसैगरि सांसद तामाङले जिल्लाकाे विकासमा सबै राजनितीक दल एक भएर लाग्नुपर्ने बताउदै विकासकाे काममा कसैलाई पनि अवराेध नगर्न आग्रह गरे ।
त्यसैगरी समापन समारोहमा पुर्व गृह राज्यमन्त्री श्याम श्रेष्ठ (कुसल) , पुर्व सांसद देवशंखर पाैडेल, प्रदेश सांसद आनन्द श्रेष्ठ ,विभिन्न राजनितीक दलका प्रतिनिधि , पत्रकार महासंघ लगाएतले धाराणा राखेका थिए ।
महाेत्सबमा जिल्लाका विभिन्न स्थानमा हुने कृषि उत्पादन लघु तथा साना घरेलु उत्पादनहरुलाई बिक्रीका लागि राखिएकाे थियाे भने जिल्लाका धार्मिक,पर्यटन ,कृषि तथा ओैधाेगित क्षेत्रकाे प्रवर्द्धनका लागि संभावनाहरु समेटिएकाे डकुमेन्ट्री समेत प्रस्तुत गरिएकाे थियाे । उक्त महाेत्सब ५५ हजार भन्दा धेरैले अवलोकन गरेकाे आयाेजकले जनाएकाे छन् ।
त्यसैगरी महाेत्सबमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु प्रमाेद खरेल, ज्याेति मगर,प्रिति आले,राजु परियार, प्रकास कटुवाल,रामकुमार नेपाली ,राेज माेक्तान , रामकुमार कार्की , सध्या सानू,बिवस बस्नेत लगाएतका ३ दर्जन भन्दा धेरै कलाकारहरुले प्रस्तुति राखेका थिए ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस