महासमिति सदस्यका लागि २१ जनाकाे मनाेनयन दर्ता
रामेछाप – नेपाली कांग्रेस रामेछापकाे महासमिति सदस्यका लागि २१ जनाले मनाेनयन दर्ता गराएका छन् । महासमिति सदस्य ११ काे लागि २१ जनाकाे उम्मेदवारी परेको छ ।
महासमिति सदस्यका लागि खुल्ला पुरुष ५ ,खुल्ला महिला २, जनजाति पुरुष १ , जनजाति महिला १ ,खसआर्य १ र दलित सदस्य १ गरि ११ जना निर्वाचित हुनेछन् ।
जसमा जनजाति महिला एकका लागि एक जनाकाे मात्र र दलित सदस्यका एककाे लागि एक जनाकाे मात्र उमेदवारी परेकाे छ । उक्त पदमा जनजाति महिलातर्फ कुमारी हायु र दलिततर्फ बलबहादुर दमाईकाे मनाेनयन दर्ता भएकाे छ ।
त्यस्तै खुल्ला परुष ५ का लागि पार्टी सभापति पूर्ण बहादुर तामाङ( कान्छाराम), पूर्व पार्टी सभापति रामचन्द्र खड्का, बागमती प्रदेश सदस्य अर्जुन के सी,भरत चौलागाई, युवराज भट्टराई, धुर्बहरी ढुङ्गेल, झपडराज भण्डारी, वीर बहादुर तामाङ, रत्न बहादुर कार्की र गेल्जे शेर्पा गरि १० जनाकाे उम्मेदवारी परेकाे छ ।
त्यसैगरी खुल्लामहिला २ का लागि मिना कार्की, गङ्गा अधिकारी, विनीता खड्का, उषा कार्की र एन्जिला न्यौपानेको उम्मेदवारी परेको छ ।
त्यस्तै खसआर्य पुरुष १ का लागि महेश कार्की र केशव चालीसेले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति पुरुष १ का लागि जितेन्द्र मोक्तान र नरबहादुर थापाकाे उमेदवारी रहेका निर्वाचन समितिका संयाेजक लक्ष्मण घिमिरेले जानकारी दिए ।
महासमिति सदस्यका लागि जिल्ला अधिबेशनबाट संघिय महाधिवेशनमा निर्वाचित भएकाहरुले मात्र उमेदवारी दिन पाउने छन् । रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि २९ जना रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस