जितिया पर्वमा शुभकामना आदानप्रदान
हेटौंडा – थारु महिलाहरुकाे महान पर्व जितिया पर्वमा
शुभकामना आदनप्रदान कार्यक्रम गरि मनाईएको छ । शनिबार थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा शुभकामना आदान प्रदान गरेकाे हाे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले भाषा, संस्कृतिको संरक्षणमाआदिवासी जनजाति महिलाको महत्त्वपूर्ण रहेको बताएकी छिन् । लामाले स्थानीय सरकार विभिन्न जातजाति , समुदायको संस्कार , संस्कृतीको संरक्षणमा गम्भीर रहेको भन्दै सहयोगको प्रतिवद्धता समेत जनाईन् ।
त्यस्तै कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष लिलाकुमार घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टीले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।
फोनिजका संघीय प्रतिनिधी सुरेश श्रेष्ठले चार्डपर्वहरुलाई मौलिकरुपमा मनाउँदै नयाँ पुस्तमा हस्तान्तरण गर्न ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।

कार्यक्रम थारु महिला सभा मकवानपुरकी सभापति
दौपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो भने हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष लिलाकुमार घलान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का संघीय प्रतिनिधी एवं मकवानपुरबहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गित, नृत्य सहित विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस