विपी जयन्तीमा विपी पुत्र डा: शशांक रामेछाप आउने
रामेछाप – नेपाली कांग्रेसका संस्थापक नेता विपी काेईरालाकाे ११० ओैं जन्म जयन्तीको अवसरमा यहि भाद्र २४ गते विपी पुत्र नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा संघिय सांसद डा: शशांक काेइराला रामेछाप आउने कार्यक्रम रहेकाे छ ।
नेपाली कांग्रेस रामेछापले विपी जयन्तीको अवसरमा वर्तमान राजनितीक अवस्था विषयक विचार गाेष्टीकाे आयाेजना गरेकाे छ । साेही कार्यक्रमलाई सम्बाेधन गर्न डा:काेइराला रामेछाप आउने भएका हुन । कार्यक्रम विपी स्मृति भवन मन्थलीकाे हलमा हुने नेपाली कांग्रेस रामेछापले जनाएकाे छ ।
कार्यक्रममा रामेछापबाट नेपाली कांग्रेसकाे प्रदेश समितिमा प्रतिनिधित्व गर्नेहरु, निवर्तमान जिल्ला समिति तथा , पुर्व सभापतिहरु,जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु,निर्वमान तथा पुर्व महाधिवेशन प्रतिनिधिहरु,प्रदेश सभाका पदाधिकारीहरु , सदस्यहरु, पालिका समितिका पदाधिकारी तथा सदस्यहरु ,विभिन्न केन्द्र तथा प्रदेश पार्टी तथा भातृसंस्थाहरुकाे समिति तथा विभागमा जिल्लाबाट प्रतिनिधित्व गरेकाहरु ,जिल्लाका प्रमुख, पदाधिकारी तथा सदस्यहरु सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र वडा सभापतिहरु सबैकाे अनिवार्य उपस्थितिमा कार्यक्रम गर्ने कार्यसुचि रहेकाे नेपाली कांग्रेस रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस