गाैरीशंखर गाउँपालिका उपाध्यक्ष तामाङकाे निधन
दोलखा- गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । आइतबार तामाङको हृदयाघातका कारण मृत्युु भएकाे हाे ।
गौरीशंकर गाउँपालिका– ६ चंखुका स्थायी बासिन्दा तामाङको ५३ वर्षको उमेरमा गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबू सिवाकोटीले जानकारी दिए ।
तामाङलाई २ दिनअघि पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि गंगालालमा लगिएको थियो । उपचारकै क्रममा तामाङकाे हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा तामाङ सत्ता गठबन्धनका तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस दोलखाका नेता थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस