प्राङ्गारीक खेति सम्बन्धी किसानलाई तालिम
रामेछाप – कृषि ज्ञान केन्द्र रामेछापले प्राङ्गारीक खेति सम्बन्धि किसान र हाेमस्टे संचालकलाई तालिम प्रदान गरेकाे छ । प्रांङ्गारिक खेति अन्तर्गत प्राङ्गारीक उत्पादन सम्बन्धि किसानलाई ३ दिने तालिम दिइएकाे हाे ।
तालिममा रामेछाप र दाेलखा जिल्लामा कृषि पेशा गरिरहेका किसान र हाेमस्टे संचालक गरि २२ जना सहभागी रहेका थिए । तालिममा जैविक मल बनाउने तरिका , प्रयाेग विधि,प्रयाेगकाे फाइदा र जैविक उत्पादन परिक्षण लगाएतकाे विषयमा प्रशिक्षण दिइएकाे थियाे ।
प्राङ्गारिङ कृषि अन्तर्गत ज्ञान केन्द्रले माटाेकाे उर्वरा शक्ति कायम राख्न, विसादी प्रयाेगबाट उत्पादन भएका खाद्यान्नबाट मानव स्वास्थ्यमा पर्ने असर न्युनिकरण गर्नुका साथै प्रारङ्गारिङ खेति गर्न किसानलाइ उत्प्रेरित गर्ने हेतुले उक्त तालिम संचालन गरिएकाे कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताइन् ।
त्यसैगरी तालिमका सहभागिहरुलाइ प्राङ्गारीक मल तथा झाेल मल उत्पादन गर्नका लागि ई- एम झाेल १ लिटर र ५० लिटरकाे प्लास्टिक ड्रम समेत उपलब्ध गराएकाे ज्ञान केन्द्रकी प्रमुख गुरुङले बताइन् ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस